समाचार

औषधिको कालोबजारी गर्ने एक जना पक्राउ


काठमाडौँ – २५ हजार पर्ने रेम्डिसिभिर औषधि २ लाख २० हजारमा बेच्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार २५ हजार पर्ने औषधि २ लाख २० हजारमा बिक्रि गरहेको आरोपमा गोरखाका रसिक मियालाई पक्राउ गरेको हो । उनलाई काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मियाले आफूलाई त्रिवि शिक्षण अस्पताल अगाडिको सेवक फर्माका सञ्चालक दीपक ढकालले रेम्डिसिभिर बेच्न लगाएको प्रहरीसँगको बयानमा बताएका छन् ।