कोरोना विशेष

अक्सिजन उद्योगको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई


काठमाडौँ – देशभरका अक्सिजन उद्योगको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अक्सिजन उद्योगको सुरक्षाका लागि आग्रह गरेपछि गृह मन्त्रालयले प्रहरी खटाउने निर्णय गरेको हो ।

अक्सिजन उद्योग भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उद्योगले मागे बमोजिमको सुरक्षाकर्मी उपलब्ध गराउन परिपत्र गरिएको गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो । उद्योग मन्त्रालयले सुरक्षा माग गरेको हुनाले प्रहरी खटाउने निर्णय भएको र सोहीअनुसार परिपत्र गरेको आचार्यले बताउनुभयो ।

अक्सिजनको माग बढेका कारण उद्योगको असुरक्षा बढेको तथा वितरण प्रणालीमा उद्योगलाई नटेर्ने प्रवृत्ति बढेपछि त्यसलाई समन्वय गर्न पनि प्रहरीले परिचालन गर्नुपरेको हो । संघका अनुसार हाल देशभर काठमाडौँ उपत्यकामा ८ सहित २० वटा अक्सिजन उद्योग सञ्चालनमा रहेका छन् ।