देश

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी


काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । अहिले पदाधिकारी बैठक जारी रहेको देउवाका सहयोगी भानु देउवाले जानकारी गराउनुभयो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र १४ औं महाधिवेशनलगायत विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि संसद बैठक आह्वान भइसकेको छ । त्यसबारे आवश्यक रणनीति तय गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।