कोरोना विशेष

वैशाख २२ र २३ गते संघिय सांसदहरूको कोरोना परीक्षण हुने


काठमाडौँ– वैशाख २२ र २३ गते संघिय सांसदहरूको कोरोना परीक्षण हुने भएको छ । संघीय संसद सचिवालयका अनुसार संसद भवन नयाँबानेश्वरमा स्वाब संकलन गरिने छ । प्रतिनिधिसभाको विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ ।

त्यसअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको छ ।