कोरोना विशेष

कोरोना संक्रमणबाट न्यायपरिषद सदस्य निरालाको निधन


काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको निधन भएको छ । काठमाडौँस्थित बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा उपचाररत निरालाको मंगलबार मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । काठमाडौँको मित्रपार्क निवासी निराला पूर्व महान्यायाधिवक्ता समेत हुन् ।

उहाँलार्य मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ सालमा न्यायपरिषद सदस्य नियुक्त गरेकी थिइन् ।