देश

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त हुनुभएको हो ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख हुनुहुनथ्यो । शेरचन र पन्त सोमबारनैै पदमुक्त हुनभएको छ । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त हुनुभएको उहाँहरु माओवादी केन्द्रमा आवद्ध हुनुहुन्थ्यो ।

माओवादी केन्द्रमै आवद्ध रहनुभएको तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट यसअघि नै पदमुक्त भइसक्नुभएको छ ।