बिजनेस

नेप्से दोहोरो अंकले घट्यो


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ५४ अंकले बढेको बजार आज भने १२.३६ अंकले घटेर दुई हजार छ सय ५२ दशमलब ७५ विन्दुमा थामिएकोे हो ।

त्यस्तै सोमबारको बजारमा ७ अर्ब ५२ करोड ९२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । त्यस्तै, आज सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, सिंगटी हाइड्रो इनर्जी कम्पनी, ङादी ग्रप पावर लिमिटेड, नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, रु रु जलविद्युत परियोजना र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी रहेका छन् ।