कोरोना विशेष

सरकारी तथा नीजि अस्पताललाई कोभिड उपचारमा प्रयोग गरिनेछ : प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै शैय्या भएका मेडिकल कलेज र ठूला सरकारी तथा नीजि अस्पताललाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने बताउनुभएको छ ।
आज देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र त्रिचन्द्र मिलिटरी अस्पताललाई कोभिड अस्पताल बनाउने बताउनु भयो ।

प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा र साना अस्पताललाई ननकोभिड अस्पतालको रुपमा संचालन गर्ने बताउनु भयो ।