समाचार

वाग्मती किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव


काठमाडौँ — पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु हुनेको शव वाग्मती किनारमै जलाउन थालिएको छ । पछिल्लो समय एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले वाग्मती किनारमै शव व्यवस्थापन गरिएको हो ।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा मात्र व्यवस्थापन गर्न नसक्ने भएपछि नजिकै वाग्मती नदी किनारमा पनि जलाउन थालिएको छ ।

सुरक्षाका उपाय नअपनाउँदा र सचेत नरहँदा जोसुकैलाई पनि कोरोना संक्रमण हुनसक्छ । त्यसैले कोरोना संक्रमणको दर कम गर्न सरकारले तोकेका मापदण्ड तथा आदेश पूर्ण रुपमा पालना गर्नु अपरिहार्य छ ।