Uncategorized

रोनाल्डो चम्किदा युभेन्टसको जित


काठमाडौँ – इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ । क्रिस्टियानो रोनाल्डो चम्किदा युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।
गएराति भएको खेलमा युभेन्ट्सले उडिनेजेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको १० औं मिनेटमा मोलिनाले गोल गर्दै उडिनेजेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्तिम १० मिनेटभित्र युभेन्ट्सले दुई गोल फर्कायो । खेलको ८३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १–१ गोलको बराबरीमा फर्काए । ८९ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–१ को जित दिलाए । जितसँगै युभेन्ट्स ३४ खेलमा ६९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । उडिनेजे भने ३९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।