कोरोना विशेष

सरकार हारेपछि जनता आफै जागे,अब संक्रमितले अस्पतालको मुख ताक्न पर्दैन (भिडियोसहित)

सुरु गरे अक्सिजन सहितको आईसोलेन


काठमाडौँ – कोरोना संक्रमितले उपत्यका अस्पताल भरिईरहँदा ललितपुरका च्यासलवासीले भने आफ्नै प्रयासमा अक्सिजन सहितको आइसोलेसन सन्चालनमा ल्याएका छन । स्थानीय स्तरमा कार्यरत तीनवटा संस्था मिलेर गुठी घरमा स्थापना गरिएको आइसोलेसनमा चार जना डाक्टरसहित सेवाको व्यवस्था मिलाइएको छ ।

अहिले तपाईको कोहीआफन्तवातपाई स्वयमकोरोना संक्रमितहुनुभयो भने कहाँजानुहुन्छ? उपत्यकाकाअस्पतालहरु त भरिइसकेकाछननी? केही सोच्नु भएको छ ?

यस्तै अवस्था केहि दिनअघिललितपुरकाश्यामव्यञ्जनकारले भोगे । एकहप्ताअघिउनका एक जना साथीले फोन गर्दै व्यञ्जनकारलाई अस्पतालको बेड मिलाईदिन सहयोग मागे । सामाजिककार्यमा सक्रिय ब्यञ्जनकारले धेरै अस्पतालमाफोन घुमाए तर जवाफएउटै आयो हामी त भरिइसक्यौँ अन्तै कतै प्रयास गर्नुहोस ।

तनावमा परेकाउनलाई साथिको सँगैआफ्नो र आफ्नै टोलबासीको चिन्तालाग्नथाल्यो ।सोचे अस्पतालमा बेड पाइन्न । ओहो ! अब के गर्ने ?टोलकै मानिस संक्रमितभएकहाँ राख्ने ? जहाँ ईच्छात्यहाउपायभनेझैउनले टोलका साथीहरूसँग छलफल गरे । र उपायनिकाले टोलमै अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाउने ।

यहिघटनाको नतिजास्वरुपच्यासलबासीले अहिले अनुकरणीयकार्यको थालनी गरेकाछन । संक्रमितकालागिअस्पतालमा वेड अभावभईरहेको अहिलेकाअवस्थामाउनीहरुले आफ्नै प्रयासमाअक्सिजन सहितकोआईसोलेसन सञ्चालनमाल्याएकाहुन । गुठिभवनमाचार वेडक्षमतामा रहेको आईसोलेन आवश्यक परे १० वेडसम्म पु¥याउने उनीहरुको तयारी छ । शनीबारबाट सञ्चालनमाआएको आईसोलेसनकालागि बेड भने च्यासलयुथक्लबले सहयोग गरेको छ । आईसोलेनमाअक्सिजनको समेत व्यवस्था रहेको छ भने बिरामी हेर्नको लागिडाक्टरको समेत व्यवस्थागरिएको छ ।स्थानीयस्तरमाभएको यो प्रयासले स्थानीय समेत खुसि देखिन्छन ।

सेवादिने डाक्टर र स्वास्थ्यकर्मी पनि स्थानीयनैहुन । च्यासल कै ४ जनाडाक्टर सोहि संख्याका नर्स तथाअन्य स्वास्थ्यकर्मीले आईसोलेनमानिशुल्क सेवादिने छन । आवश्यक परे टेलिमिडिसिनमार्फत समेत सेवादिने उनीहरुको तयारी छ । आफ्नो समुदायकालागि केहि गर्न सकिन्छकिभन्ने हेतुले आफुले जाने सेवा स्वयंसेवीका रुपमादिनलागेको उनीहरुको भनाई छ ।

सरकारले मात्रमहामारी नियन्त्रणगर्न सम्भवनभएको वर्तमानअवस्थमा स्थानीयस्तरमायस्तो प्रयास हुनआफैमा अनुकरणीयकामहो । अर्कातर्फ सरकारको मुख हेरेर बस्ने भन्दायस्ताकार्यले समुदायकामासिनहरुमा समेत आत्मविश्वास वृद्धिमा सहयोग पु¥याउछ । यसर्थ सरकारको मुख हेरेर बस्ने भन्दाच्यासलबासीको प्रयास अन्यठाँउमापनिअनुसरण गरेर समुदायस्तरबाटैमहामारी नियन्त्रणगर्न सहयोग पुर्याउनु अहिले हर नागरिकको दायित्वहो ।