कोरोना विशेष

पूर्वप्रधानमन्त्रीदेखि चर्चित कलाकारहरुलाई कोरोना, कोहि आइसीयुमा कोहि घरमै

पूर्वराजा र झलनाथ नर्भिकमा,यस्तो छ अवस्था


काठमाडौँ – कोरोना भाइरसको दोस्रो लहरले नेपालका विशिष्ट व्याक्तिहरुलाई पनि संक्रमित बनाएको छ ।

पूर्वप्रधानमन्त्रीदेखि आजको दिनसम्मको तथ्यांक हेर्दा पर्यटनमन्त्री भानुभक्त ढकालसम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ । कतिपय भीआइपीहरु अस्पतालमै उपचाररत छन् भने कतिपयले कोरोनालाई जितिसकेका छन् ।

भनिन्छ रोगले सानो–ठूलो, धनी–गरिब कोही भन्दैन । जसलाई जुनसुकै बेला पनि रोग लाग्न सक्छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सर्वसाधारणदेखि विशिष्ठ व्यक्तिसमेतलाई प्रभावित पारेको छ । कलाकार, नेता, मन्त्री, पूर्वप्रधानमन्त्रीदेखि पूर्वराजारानीसम्मलाई कोरोना संक्रमण भएको छ ।

भारतको कुम्भमेलामा सहभागी भएर फर्किपछि गरिएको पिरिआर परीक्षणमा पूर्वराजारानीलाई कोरोना संक्रमण पुष्टि भएको हो । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको राजधानीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाल पनि संक्रमित भएका छन् । उनको पनि नर्भिक अस्पतालमै उपचार भइरहेको छ । पूर्वप्रधानसेनापति रुकमांगद कटवाललाई पनि कोरोना संक्रमण भएको छ । उनको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ ।

कोरोना संक्रमण भएका खानेपानी मन्त्री मणि थापालाई पनि भएको छ । विभिन्न दलका नेताहरूलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । चर्चित कालकारहरू मदनकृष्ण श्रेष्ठ, प्रकाश सपुत, केकी अधिकारीलगायतलाई पनि कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणमुक्त भएर ललितपुरस्थित निवासमा फर्केपछि श्रेष्ठले कोरोना कहरबारे स्मरण गरे ।

विभिन्न क्षेत्रबाट आएका मानिसहरूको उचित व्यवस्थापन नहुनु र उनीहरूले सुरक्षाका उपाय नअपनाउदा संक्रमण थप फैलिएको विज्ञहरू बताउँछन् । जुलुस निकाले, भिडभाड गरेर सभा जुलुस गर्ने राजनीतिक दलको लापरबाही कारण संक्रमण भयावह भएको जनस्वास्थ्यविद बताउँछन् ।

संक्रमण र मृत्युदर उच्च भएको अवस्थामा जनता आफैँ सचेत हुन आवश्यक छ । कोरोना महामारीको भयावह अवस्थाबाट पार पाउन सरकारका साथै प्रत्येक नागरिक चनासो हुन जरुरी छ ।