फोटो फिचर

वसन्त ऋतुको आगमनसँगै उपत्यकामा ढकमक्क (फोटो कथा)


काठमाडौँ – वसन्त ऋतृको आगमनसँगै यतीबेला बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फुलहरु फुल्न थालेका छन् । हरेक वर्षको वसन्त ऋतुमा झैं यस वर्ष पनि काठमाडौंलाई सुन्दर बनाउने जाकारान्डा उसैगरि फूलेका छन् । कोरोना संक्रमणको जोखिम र डरले उपत्यका गुम्सिएको बेला ज्याकाराण्डा भने फक्रिरहेको छ ।

वसन्त ऋतुको आगमनसँगै काठमाडौँ उपत्यकामा ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ ।उपत्यकाको धेरै क्षेत्रमा अहिले ज्याकाराण्डा फुलेर निलाम्य भएको छ । जारी निषेधाज्ञाले मानिसहरु घरभित्रै छन् बाहिर कोहि निस्कन नपाए पनि सायद पर्खाइमा होला ज्याकाराण्डा मुस्काइरहेको छ ।

धेरैले यो फूललाई शिरिषको फूल भन्छन् । तर यो फूलको असली नाम ज्याकारान्डा रहेको बताइन्छ । यो फूल कडा र ठूला हुने रुखमा फूल्छन् । यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ । दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदबारसहितका क्षेत्रमा ठूला रुखहरु बैजनी–नीलो भएका छन् । बैजनी रंगको फूलले काठमाडौंलाई रंगिन बनाएको छ ।

उपत्यकालाई सुन्दर बनाउनको लागि यो विरुवा विदेशबाट ल्याइएको बताइएको छ ।बढ्दो गर्मीले गर्दा उपत्यकाको बाटोमा ढकमक्कै फुलेका यी फूलहरुले जो कोहि पनि प्रफुलित बनाउने गर्दछ । तर विश्वव्यापी कोरोना भाइरस महामारीका कारण उपत्यकामा पुनः निशेधाज्ञा जारी गरिएको छ । मानिसहरु घरभित्र छन् । विगतका बसन्तहरुमा भने काठमाडौँका विभिन्न स्थानमा फूल्ने ज्याकारान्डालाई क्यामरामा कैद गर्नेहरुको हुल ठूलो देखिन्थ्यो ।