कोरोना विशेष

नर्सिङ दिवसः पीपीइ र मास्क लगाइ अस्पतालमै

प्रतिकूल अवस्थामा परिवारको साथ र ज्यानकै परवाह नगरी काम गरिरहेका नर्सहरू राज्यले गर्ने व्यवहारबाट आहत बनेका छन्


काठमाडौँ – आज मे १२ तारिख, अन्तर्राष्ट्रिय नर्सिङ दिवस । विश्व कोरोना कहरले आक्रान्त भइरहेका बेला यस वर्षको नर्स दिवस वास्तवमा नर्सहरुले आफ्नो दिनको रुपमा समेत महसुस गर्न पाएनन् । नेपालका नर्सहरु पनि महामारीसंग जुध्दैउपचारमै व्यस्त रहे ।

कोरोना कहरबाट पिल्सीरहेका नेपालका स्टाफ नर्सहरुले आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस भन्ने थाहा पाए पनि फुर्सदिलो भएर आजको दिन दिवस मनाउन पाएनन् । दिन र रात नभनी कोरोनासंघ जुधिरहेका विरामीहरुको उपचारमा तल्लीन रहे । दिवसका दिन विभिन्न सचेतना कार्यक्रम र आफ्नो हकहितका लागि र्यालीहरुको आयोजना गर्ने नर्सहरु दिवसका दिन पनि पीपीइ र मास्क लगाएरअस्पतालमै जिम्मेवारीमा व्यस्त रहे । फ्रन्ट लाइनमा रहेर खटिने यी स्वाथ्यकर्मीहरुलाई राज्यले यति कमजोर स्थान दिएको छ की उनीहरुको हौसला वृद्धी गर्न त परको कुरा न्युनतम सेवा सुविधा लागु गर्न समेत निकम्मा बनेको छ ।
यस्तो प्रतिकूल अवस्थामा परिवारको साथ र ज्यानकै परवाह नगरी काम गरिरहेका नर्सहरू राज्यले गर्ने व्यवहारबाट आहत बनेका छन्

सरकारी क्षेत्रमा कार्यरत नर्सले राज्यको सेवा सुविधा पाए पनि नीजी स्वास्थ्य संस्थामा कार्यरत अधिकांश नर्सहरुको श्रम शोषण भइरहेको छ । अहिले सम्म पनि राज्यले नर्सहरुको लागि व्यवस्था नगरेको उनीहरुको तितो अनुभव छ ।

यति बेला विश्वका नर्सहरु ज्यान जोखिममा राखी कोरोना विरुद्ध लडिरहेका छन् । स्वास्थ्य क्षेत्रका कुनै पनि निति निर्माण तहमा नर्सहरुको खासै भुमिका नभएका कारण नर्सिङ क्षेत्रमा विभिन्न समस्या देखा परेका छन् । त्यसैले राज्यले नर्सिङ पेसालाई पनि स्वास्थ्य नितिमा समावेश गरी प्रोत्साहित गर्न जरुरी छ । अहिलेको अवस्थामा समेत स्टाफनर्सहरु आफ्नो सुरक्षा र सेवा सुविधाका लागि नियमित जसो सडकमा आउनु पर्ने, धर्ना र ध्यानाकर्षणमै समय विताउनु पर्ने स्थितिको अन्त्य हुन जरुरी छ ।