समाज

कोरोना संक्रमणबाट शंखरापुरका वडाध्यक्ष तामाङको निधन


काठमाडौँ – नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड-१९) का कारण शंखरापुर नगरपालिका वडा नं-४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उनलाई कोभिड भएपछि उपचारका लागि शंखरापुर नगरपालिका वडा नं-८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो ।

वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिनुभयो । उनको यही वैशाख २१ गते साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा पोजेटिभ रिपोर्ट आएको थियो । एक रात नगर अस्पताल इन्द्रायणीमै राखी उपचार गरिएको थियो ।

नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठ्यारो भएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको नगरपालिकाको वडा नं(७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ४३ वर्षीय तामाङ मधुमेह रोगबाट पीडित थिए ।