कोरोना विशेष

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक


काठमाडौँ – कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र नेपाललाई ट्रान्जिट बनाउन रोक लगाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आगमन गर्न र ट्रान्जिटका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान रोक लगाइएको अध्यागमन विभागले जनाएको छ ।

विभागका अनुसार वैशाख १५ गते राति १२ बजेदेखि लागू हुने गरी रोक लगाइएको हो । पछिल्लो समय भारतबाट हुने अधिकांश उडानलाई विभिन्न मुलुकले प्रतिबन्ध लगाएका कारण भारतबाट नेपाल हुँदै तेस्रो मुलुक जानेको संख्या बढिरहेको छ ।