कोरोना विशेष

काठमाडौँ उपत्यकामा एक हप्ता होइन, १५ दिन ‘लकडाउन’


काठमाडौँ – काठमाडौँ उपत्यकामा १५ दिन ‘लकडाउन’ (निषेधाज्ञा जारी) गरिने भएको छ ।

उपत्यकाका तीन जिल्ला– काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले वैशाख १६ देखि २२ गतेसम्म एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेका भए पनि सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार अब एक हप्ताको समय अवधि थप भएको बताउनुभयो ।

वैशाख १६ गते विहानदेखि एक साताका लागि ‘लकडाउन’ (आदेशसहित)

मन्त्रिपरिषदको निर्णयअघि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । मन्त्रिपरिषद् बैठकले कोरोना रोकथामका लागि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिस अनुमोदन गरेको हो ।

योसँगै अब संक्रमितको संख्यामा आधारमा उपत्यकासहित देशका विभिन्न जिल्लामा लकडाउन हुनेछ ।