समाचार

उपत्यका प्रवेश गर्ने सीमा नाका बन्द गर्ने निर्णय


काठमाडौँ – सरकारले उपत्यका प्रवेश गर्ने सीमा नाकाहरू बन्द गरिने भएको छ ।

उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै सीमानाकामा अत्यावश्यकबाहेकका सवारीसाधनलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । राजधानीमा समेत अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन हुन नपाउने भएकाले उपत्यका आवतजावत ठप्प पार्न लागिएको हो।

उपत्यका प्रवेशमा रोक लगाउने १५ गतेदेखि कि १६ गतेदेखि भन्नेबारे निर्णयका लागि अहिले जिप्रकामा छलफल भइरहेको उहाँले बताउनुभयो । अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा जारी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यसलाई अन्तिम रुप दिने तयारी गरेको छ।

एम्बुलेन्स, स्वास्थ्य सामग्री, खाद्य ढुवानी र सञ्चारका साधान बाहेक अन्य यातायात सञ्चालन गर्न नदिने भएको हो। यस्तै बजार पसल समेत अतिआवश्यक बाहेकका चल्न नपाउने भएका छन्।