राजनीति

देशमा राजा फर्किए,एयरपोर्टमा देखियो यस्तो भीड, प्रहरीलाई पूर्वराजा सम्हाल्न हम्मेहम्मे

ज्ञानेन्द्रको अहिलेसम्मकै हँसिलो मुहार


काठमाडौँ – भारत भ्रमणमा रहेका पुर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । धार्मिक भ्रमणका क्रममा शाह भारत गएका थिए । हरिद्वारको कुम्भ मेलाको शाही स्नानमा सरिक भएका शाह आज स्वदेश फर्किएका हुन् । उनको स्वागत गर्न ठुलो संख्यामा सर्वसाधारण विमानस्थल पुगेका थिए ।

हिन्दु सम्राट नै मानेर भारतले निम्तो दिएपछि गत चैत २६ भारतको हरिद्धार गएका पुर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फर्किए । उनको स्वागतमा राजसस्था पक्षधरको ठुलो संख्या विमानस्थलमा पुग्यो । पुर्वराजा स्वदेश फर्किने भएपछि विमानस्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।पुर्वराजाको जयजयकार गर्न पुगेका उनका समर्थकको भीडले केहीबेर विमानस्थल बाहिरको आवतजावत नै ठप्प बन्यो ।
भारतको हरिद्वारमा हरेक १२ बर्षको अन्तरमा आयोजना हुने महाकुम्भ मेलामा आयोजकले पूर्वराजा शाहलाई विश्वका एकमात्र हिन्दु नरेशका रुपमा अथ्र्याई शाही रथयात्रा, शाही स्नान र हरिद्वारमा रहेको दक्षिणकाली मन्दिरमा पूजापाठ गराएको थियो । भारतले देखाएको पूर्वराजाप्रतिको सम्मानले राजतन्त्र पक्षधरहरु भने उत्साहीत बनेका छन् ।

नेपालको राजनीति अस्थिर बनेका बेला करिब दुईसाता लामो पुर्वराजाको भारत भ्रमणले नेपालमा समेत तरङग पैदा गरेको छ । भारतमा हिन्दुवादी राजनीतिक दल भारतीय जनता पार्टी सरकारमा भएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनौपचारिक ढंगबाट हिन्दु सम्राट वा नेपालका नरेशको संज्ञा दिइएको छ । यसले नेपाली राजनीतिक दललाई केही छटपटी भने भएकै छन् । राजतन्त्र पक्षधरहरुले त पुर्वराजाको भारत भ्रमणले राजसंस्था पुनःस्थापनामा भुमिका खेलेको र नेपालमा राजतन्त्र पुर्नबहालीका लागि भारतले सहयोग गर्ने विश्वास समेत लिएका छन् ।
भारतमा पुर्वराजा शाहलाई उत्तराखण्डका मुख्यमन्त्री तीरथसिंह रावतले नेपाली नरेशकै रुपमा सम्बोधन गरेका थिए । नेपालमा केही वर्षअघिदेखि राजतन्त्र पक्षधरको गतिविधि चलिरहेका छ । तर उनीहरुले राजसंस्था पुनःस्थापनाको विश्वासीलो संकेत भने पाएका छैनन् ।तर राजनीतिक दलहरुले भने धर्मको आवरणमा पूर्वराजाले राजनीतिक भ्रमण गरिरहेको टिप्पणी गर्दै आएका छन् ।