कोरोना विशेष

एक साता निषेधाज्ञा गर्न सीडीओको प्रस्ताव,१६ गतेदेखि लागू हुन सक्ने



काठमाडौँ – काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा गर्न प्रस्ताव गरेका छन् । आज तीन जिल्लाका प्रमुखले कोरोना संक्रमण नियन्त्रणका लागि छलफल गर्न दिउँसो १ बजे बसेको बैठकले १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा गर्ने प्रस्ताव गरेको हो । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा थप कडाइ गर्न सक्नेसमेत बताइएको छ।

यसै विषयको अनुमोदन गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्ने वा नगर्ने टुंगो लाग्नेछ । निषेधाज्ञालाई लिएर मन्त्रिपरिषद्मा नै अन्योलता छाएको छ । अर्थमन्त्री विष्णु पौडेल निषेधाज्ञा गर्न नहुने पक्षमा हुनुहुन्छ भने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी निषेधाज्ञा गर्नु पर्ने पक्षमा हुनुहुन्छ । मन्त्रिपरिषद्मा भने गृहमन्त्री रामबहादुर थापाले प्रस्ताव लिएर जाने गृहमन्त्रालय स्रोतले जनाएको छ । सीसीएमसीको आइतबार बसेको बैठकले दोस्रो लहरको कोरोना भइरस तीव्र रुपमा फैलिदै गएपछि मुलुकभर कम्तीमा तीन साताका लागि लकडाउन गर्न सिफारिस गरेको थियो ।