कोरोना विशेष

सीसीएमसीले लकडाउन गर्ने अधिकार स्थानीय प्रशासनलाई दियो


काठमाडौँ – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले लकडाउन गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।
सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको हो । साथै बैठकले पहाडमा २ सय र शहरी क्षेत्रमा ५ सय संक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्न पनि सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । यस्तै बैठकले चलिरहेका र अब सुरु हुने सबै परीक्षा स्थगित गर्न सिफारिस पनि गरेको छ । यसैगरि हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न पनि बैठकले सिफारिस गरेको छ ।

विश्वभर तीव्र गतिमा फैलिरहेको दोस्रो लहरको कोरोना भईरस नेपालमा पनि त्यसै रुपमा फलिरहेकोका कारण देशको स्थिति भयावह बनेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संमक्रणका कारण २८ जनाको मृत्यु भएको छ भने ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ३ हजार १६४ जनाले ज्यान गुमाइसकेका छन् ।