समाज

हलेसीमा बस दुर्घटना : १ को मृत्यु, २२ जना घाइते


काठमाडौँ – खोटाङको प्रसिद्ध हलेसी महादेवको दर्शन गरेर फर्किदै गरेका तीर्थयात्री बोकेको आज दुर्घटना भएको छ ।

हलेसीतुवाचुङ नगरपालिका-१ कदुवा स्थित मध्य-पहाडी लोकमार्गमा चालकसहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु र २२ जना घाइते मध्ये १६ जना सामान्य घाइते भएका छन् ।

बा३ ख ९२८५ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसी दुर्घटना हुँदा सो बसका सह-चालक सिन्धुली घ्याङलेक गाउँपालिका-१ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको छ ।

दुर्घटना भएको जानकारी पाए लगतै प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई घाइतेहरुलाई उपचारको लागी अस्पताल पठाईएको छ ।