राजनीति

हेर्दा हेर्दै धरहरा उठेपछि सुन्धाराका मानिस अनौठो मान्दै, खुसीले मनै गदगद


काठमाडौँ – भूकम्पले भत्काएकै ठाउँमा पुनर्निर्माण गरिएको ऐतिहासिक धरहरा उद्घाटन भएको छ । ०७२ सालको भुकम्पले क्षतिग्रस्त बनाएको धरहरा छ वर्षपछि पुनः उभिएको हो । यता सर्वसाधारण पनि लामो समयको पर्खाईपछि धरहरा उभिएको देख्न पाउँदा खुसी भएका छन् ।

पुनर्निर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेका छन् ।
९० सालको महाभूकम्पनले क्षति पुर्याएपछि ११ तले धरहरा ९ तलामा सिमित भएको थियो । त्यसपछि ९ तलामा नै सिमिति राखेर पुर्ननिर्माण गरिएको थियो । तर अहिले पुर्ननिर्माण भएको धरहरामा भने बाहिरबाट देखिदाँ ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिन मुनि २ तला बनाइएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैचाको हुनेछ भने संक्षित ऐतिहासिक सुनधारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाईएको छ । त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाईकल पार्किङको पनि व्यवस्था छ ।

धरहराको पुर्ननिर्माणमा मैलिकताको सम्बद्र्धन गर्दै आधुनिकताको प्रचुर प्रयोग गरिएको छ । लामो समय पछि धरहराले पुर्णता पाउदा खुसि भएकोे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सल्लाहकार राजुमान मानन्धर
बताउँछन् ।

धरहराको २२ औै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंङ्ग राखिएको छ । नयाँ धरहराको चौडाइ पुरानोको भन्दा ठूलो छ । ढिलै भएपनि फेरि पनि धरहरा चडेर काठमाडौं उपत्यकाको अवलोकन गर्न उने भएपछि खुसी भएको सर्वसाधारण बताउँछन् ।

यता व्यापारीहरु पनि धरहरा बनेपछि खुसी देखिएका छन् । धरहरा ढल्दा क्षति व्यवहार्नु परेकोले अब केही आशा जागेको उनीहरुको भनाई छ ।

२०७२ वैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते “मेरो धरहरा मै बनाउँछु” अभियानको घोषणा गरेका थिए । २०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै शिलान्यास गरिएको पुनर्निर्मित धरहराको शनिबार प्रधानमन्त्री ओलीबाट नै समुद्घाटन भएका हो । यद्दपी सर्वसाधारणले भने झण्डै ९ महिनासम्म धरहरा चढ्न भने पाउने छैनन् ।