राजनीति

बादलले लिए पुनः गृहमन्त्रीको सपथ


काठमाडौँ – रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापाले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पद तथा गोपनियताको सपथ लिनुभएको हो । नेकपा माओवादी केन्द्रको सिफारिसमा बादललाई आजै राष्ट्रिय सभा सदस्यबाट हटाइएको थियो ।

राष्ट्रिय सभा सदस्य हटेसँगै स्वतः गृहमन्त्री पद पनि हटेको थियो । तर प्रधानमन्त्री ओलीले फेरि गृहमन्त्रीमा बादललाई नै पुनः नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई मन्त्रीपदमा नियुक्ति गरी गृह मन्त्रालयको कार्यभार तोक्नु भएको हो ।

२०७४ मा भएको निर्वाचनमा माओवादी केन्द्र बागमती प्रदेशबाट बादल राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँको सांसद पद रिक्त भएसँगै अब ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्नेछ ।