राजनीति

उपनिर्वाचनमा रामबहादुर थापालाई उम्मेद्वार बनाउने नेकपा एमालेको घोषणा

जिताएर पुनः सांसद बनाइने ओलीको दाबी


काठमाडौँ – नेकपा एमालेले उपनिर्वाचनमा रामबहादुर थापालाई उम्मेद्वार बनाउने घोषणा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाउने बताउनुभएको हो ।

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने दाबी समेत गर्नुभएको छ ।

जेठ ६ गते राष्ट्रियसभाको रिक्त पदमा उपनिर्वाचन हुँदैछ । बादललाई माओवादी केन्द्र कारबाही गरेपछि उक्त पद रिक्त भएको हो ।