बिजनेस

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दाबी : ‘निजी आवासमा ९३ प्रतिशत उपलब्धि’


काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी २०७२ सालको भूकम्पबाट क्षति भएका निजी अवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको बताउनुभयो ।

अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण शुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेको र उक्त संख्या ९३ प्रतिशत हुने उहाँको भनाई छ । निजी आवास पुनर्निर्माणका क्रममा प्राप्त भएका ६ लाख ३४ हजार ९ सय ७३ गुनासोको सम्बोधन गरिएको पनि उहाँले बताउनुभयो ।

कार्यकारी अधिकृत ज्ञवालीका अनुसार भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने बाँकी १७ प्रतिशत विद्यालय पुनर्निर्माणको चरणमा छन् ।