कोरोना विशेष

कोरोना संक्रमण बढ्दो क्रममा, एकैदिन २५ सय ५९ जनामा कोरोना पुष्टि

पाँचको मुत्यु



काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५५९ जना कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ६६४ जनाको पिसिआर परीक्षणमा २ हजार ५५९ जनालाई संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको सख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ ।

त्यस्तै थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १२२ पुगेको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ५८२ रहेको छ । यस्तै पछिल्लो २४ घन्टामा ४१० जना कोरोनामुक्त भएका छन् । यो संगै कारोनाबाट मुक्त हुनेको संख्या २ लाख ७६ हजार ५७५ पुगेको छ