राजनीति

फ्लोर क्रस गर्ने एमालेका ४ प्रदेश सांसद पार्टीबाट निष्कासित


काठमाडौँ – कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने एमालेका चारजना सांसदलाई पार्टी र संसद सदस्यबाट निष्काशन गरेको छ ।

नेकपा एमालेको बालुवाटारमा जारी बैठकले प्रदेशसभामा फ्लोरक्रस गरी माओवादी सरकार जोगाउने सांसदहरुलाई कारवाही गरेको हो ।

माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको हो ।

निर्णय कार्यान्वयनका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत भएको छ । त्यस्तै कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर पछि मत सच्याएकी देवी ओलीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।