राजनीति

ओलीले दक्षिणपन्थी धारको नेतृत्व गरेर पार्टी ध्वस्त पारे : झलनाथ खनाल


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दक्षिणपन्थी धारमा लागेको आरोप लगाउनुभएको छ । बिहीबार पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा नेपाल समूहको जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै खनालले यस्तो आरोप लगाउनुभएको हो ।

खनालले दक्षिणपन्थी धार समात्नेहरूले पार्टी नै ध्वस्त बनाउन खोजेको भन्दै अहिले प्रधानमन्त्री केपी ओलीले दक्षिणपन्थी धारको नेतृत्व गरेको आरोप लगाए । नेता खनालले नेपाली कम्युनिष्ट आन्दोलनमा धेरैपटक उतार–चढाव आएको बताउनुभयो । पार्टी एकतावद्ध बनाउन प्रधानमन्त्री ओलीले नचाहेको समेत उहाँले आरोप लगाउनुभएको छ ।