Uncategorized

योहो टेलिभिजनको युट्युव ह्याकबारे मिडिया अलाइन्सद्धारा दुःख व्यक्त


काठमाडौँ– योहो टेलिभिजनको आधिकारिक युट्युव च्यानल ह्याक भएकोमा टेलिभिजनहरुको संगठन मिडिया अलाइन्सले दुःख व्यक्त गरेको छ ।

अलाइन्सले विज्ञप्ती जारी गर्दै अनलाइन दर्शकमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरेको हो । यस्ता गैरकानुनी कार्य गर्ने समूहको छानविन गरि कारवाहीको दायरामा ल्याउन पनि माग गरेको छ ।


मिडिया अलाइन्सका अध्यक्ष भाष्कर राज राजकर्णिकारद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘यस्ता विषयहरु समाधानका लागि मिडिया अलान्स तदारुकतापूर्वक लागिरहेको छ ।’

स्याटेलाइट टेलिभिजनसंगै सामाजिक सञ्जालहरुमा पनि उत्तिकै लोकप्रियता हासिल गरिरहेको यस टेलिभिजनको आधिकारिक युट्युव च्यानल बैशाख ८ गते साँझ ह्याकरको नियन्त्रणमा परेको छ । युट्युव फिर्ताका लागि योहो टेलिभिजनले नेपाल प्रहरीको साइवर व्यूरोमा उजुरीसमेत दिएको छ ।

उजुरी उपर अध्ययन भइरहेको साइवर व्यूरोका प्रवक्ता एवं एसएसपी नविन्द अर्यालले जानकारी दिनुभयो ।