राजनीति

एमालेका अध्यक्ष ओली र नेपालबीचको भेटवार्ता सुरु


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटावार्ता सुरु भएको छ । काठमाण्डौको नक्सालस्थित होटल मेरिटमा दुई जनाबीच भर्खरै भेटवार्ता सुरु भएको हो ।

यसअघि हिजो पनि ओली र नेपालबीच भेटवार्ता भएको थियो । झण्डै २ घण्टा भएको हिजोको वार्तामा दुवै जनाले आ–आफ्ना कुरा राखेका थिए । नेपालले एमालेलाई २०७५ साल जेठ ३ गतेकै अवस्थाबाट अघि बढाउनुपर्नेमा जोड दिदै आउनुभएको छ ।

तर ओलीले अहिलेसम्मका निर्णय कायम राख्दै अब मिलेर जानुपर्ने बताउनुभएको छ ।

आजको वार्तापछि विभाजनको संघारमा पुगेको एमाले फुट्बाट जोगिने अपेक्षा गरिएको छ ।