राजनीति

प्रधानमन्त्री ओली र नेता नेपाल बीच आज पनि छलफल हुँदै


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच आज पनि एक्लाएक्लै भेटवार्ता हुनेभएको छ । दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो ।

बुधबार साँझ होटल मेरियटमा ओली र नेपाल बीच दुई घण्टा बढी एक्लाएक्लै कुराकानी भएको थियो । साँझ लामो कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच फेरि होटल मेरियटमै भेटवार्ता हुन लागेको हो ।

नेपाललाई सुरुमा पार्टीबाट छ महिनाका लागि निलम्बन गरेको र पछि सांसद पदबाट किन नहटाउने भनेर स्पष्टीकरण मागेको पृष्ठभूमिमा भएको यो भेटलाई कतिपयले अप्रत्याशित ठानेका छन्।