समाचार

योहो टिभिको युट्युव च्यानलमा समस्या


काठमाडौँ – योहो टेलिभिजन एच.डीको आधिकारिक युट्युव च्यानलमा प्राविधिक समस्या आएपछि तत्कालका लागि बन्द भएको छ । बुधबार बेलुकी ८ बजेपछि युट्युवमा अकस्मात प्राविधिक समस्या आएपछि दर्शकले हेर्न नपाउने अवस्था बनेको हो । अहिले युट्युव साइटमा क्लिक गरेर योहो टेलिभिजन सर्च गर्दा समेत योहो टेलिभिजन देख्न सकिदैन ।

युट्युव च्यानलमा आएको समस्याबारे अध्ययन भइरहेको योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले जानकारी दिनुभयो । अहिले योहो टेलिभिजनको साइटमा अरु नै च्यानलहरु देखिने गरेको छ । उक्त च्यानल ह्याक भएको हुन सक्ने आशंका गरिएको छ । आइटी समूहसंग समन्वय गरि केही समयभित्र दर्शकका लागि सुविधामा ल्याउने तयारी भइरहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।