राजनीति

कांग्रेसको पदाधिकारी बैठक जारी


काठमाडौँ – कांग्रेस शीर्ष नेताहरू पार्टीको १४ औँ महाधिवेशन र राष्ट्रिय राजनीतिको विषयमा बैठक बसिरहेको छ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ । सभापति शेरबहादुर देउवाले महाधिवेशन र राष्ट्रिय राजनीतिका विषयमा पदाधिकारीको धारणा बुझ्न आफ्नै निवासमा बोलाउनुभएको नेताहरूले बताएका छन् ।
क्रियाशील सदस्यताको विषयमा कांग्रेसमा विवाद छ । कांग्रेसले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरिसकेको छ ।