राजनीति

पूर्वप्रधानमन्त्रीविरुद्ध सूर्य थापाले लगाए यस्तो आरोप


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी कसेर पाँच जना पूर्वप्रधानमन्त्री अस्थिरता निम्त्याउन लागिपरेको आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीवरुद्ध मोर्चाबन्दी कसेको थापाको आरोप छ ।
सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले पूर्वप्रधानमन्त्रीहरूको ‘संयुक्त मोर्चा’ अस्थिरता र छलछाममा संलग्न रहेको आरोप लगाएका छन् ।