राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकका लागि माओवादी केन्द्रले ६ वटा एजेन्डा तय गरेको छ ।

रिपोर्टिङ, पार्टी विधान, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय कमिटी बैठक, नयाँ सरकार गठन र वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता तथा विविध एजेन्डा तय गरिएको छ ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदम चालेको निष्कर्ष माओवादी केन्द्रले निकालेको छ । प्रधानमन्त्री ओली थप स्वेच्छाचारी बन्दै गएको माओवादीले ठहर छ ।