समाज

सरकारको कडाई : यातायातमा मान्छे चढ्नै छाडे, काठमाडौँमा खाली–खाली कुद्दै बस

अब के के बन्द हुँदैछ ?


काठमाडौँ – कोरोना संक्रमण दर बढेसंगै सरकारले सार्वजनिक स्थानमा भेला हुन र कार्यक्रम गर्न रोक लगाएको छ । विद्यालयहरु समेत बन्द गरिएपछि सार्वजनिक स्थान र यातायातमा सर्वसाधारणको चाप ह्वात्तै घटेको छ ।

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएसंगै विस्तारै सरकारले पनि स्वास्थ्य मापदण्डलाई कडाई गर्दै लगेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले विद्यालय बन्द गर्दे र सार्वजनिक स्थानमा भीडभाड नगर्ने नियम बनाए पछि मंगलबार नै सार्वजनिक स्थानहरुमा सर्वसाधारणको उपस्थीति निक्कै पातलो बनेको छ । विशेषगरी सार्वजनिक यातायातमा यसको प्रत्यक्ष प्रभाव परेको छ । सरकारले सिटभन्दा बढि यात्रु नबोक्नु भनेको छ तर यातायात व्यवसायीहरु भने यात्रु नै नपाएर चिन्तामा छन् ।

कतिपय सर्वसाधारण यात्रामा निस्कीए पनि सकेसम्म सार्वजनिक यातायात चढ्न अरुची देखाउँछन् ।

पार्क र अन्य सार्वजनिक स्थान र होटल रेष्टुरेण्डहरुमा समेत सर्वसाधारणको जमघट निक्कै पातालिएको छ । मुख्यतया शहरी क्षेत्रका विद्यालय गरिएपछि काठमाडौँमा चहलपहल घटेको हो । यद्यपी मानिसहरुमा अझै सचेतना कम रहेको र आवश्यक मात्रामा मानिसहरुको चहलपहल नरोकीएको ट्राफिक प्रहरीको प्रतिक्रिया छ ।

भारतमा देखिएको उच्च संक्रमण नेपालमा पनि देखिनसक्ने भन्दै बढि मात्रामा सचेतना अपनाउन थालिएको छ । यस्तो अवस्थामा संक्रमण उच्च भई पछुताउनुपर्ने स्थिति नआउला भन्न सकिँदैन । त्यसैले व्यक्ति व्यक्तिबीचको भौतिक दूरी कायम राखी स्वास्थ्यप्रति सचेत रहन जरुरी छ ।