राजनीति

माधवलाई ओलीको ५ बुँदे पत्र : दुई दिनभित्र एमालेमा फर्किन अन्तिम मौका


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका चार नेतालाई एमालेको पक्षमा आउने प्रतिबद्धतासहितको स-प्रमाण जवाफ आएमा सांसद पदबाट कारवाही नगरिने भन्दै दुई दिनभित्र जवाफ मागेका छन् ।

यसअघि निलम्वनमा परिसकेका नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई पठाइएको ५ बुँदे स्पष्टीकरणमा एमालेको नाम,झण्डा र चिन्ह दुरुपयोग गरी अर्को दल सन्चालन गरेको आरोप लगाइएको छ ।

कर्णाली प्रदेशसभा सदस्यलाई उचाल्दै फ्लोर क्रसजस्तो अनुशासनहीन र आपराधिक कार्य गराएकोले पार्टी र संसदीय दल परित्याग गरेको हुनाले ‘सांसद सदस्य पदबाट मुक्त किन नगर्ने रु’ भनी प्रश्न सोधिएको छ ।

पत्रमा भनिएको छ, तपाईंलाई यसअघि पनि तपाईंका यस्तै क्रियाकलापहरूलाई लिएर स्पष्टीकरण सोधिएकोमा तपाईंले गल्ती महसुस गर्नुको सट्टा उल्टै मर्यादाहीन, झुठ्ठा र नसच्चिने उद्घोषसहितको उद्दण्ड जवाफ प्रस्तुत गर्नुभएको पृष्ठभूमिसमेत तपाईंलाई स्मरण गराउँदै यस्तै गतिविधिहरू कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै यस्ता गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन यो स्पष्टीकरण पत्र लेखिएको छ ।’