राजनीति

नेपाल पक्षले बोलायो सांसदहरुको बैठक


काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरुको बैठक बोलाएका छन् ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् ।

बैठक मंगलबार दिउँसो बानेश्वरको अर्याल होटलमा हुँदैछ ।