समाचार

नायिका केकी अधिकारीलाई देखियो कोरोना


काठमाडौँ – नायिका केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएको छ।

आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ भएको उनले बताएकी छिन् । कोरोना पोजेटिभ देखिएपछि सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्यूल प्रभावित भएको छ ।

कोरोना संक्रमण देखिएपछि उनी घरमा आइसोलेट भएकी छिन् ।