समाचार

चितवन लैजानुपहिले राम, सीता मूर्तिलाई बालुवाटारमा प्रधानमन्त्रीबाट पूजा


काठमाडौँ – चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरिएको छ । प्रधानमन्त्री केपी ओलीले मूर्ति चितवन लैजानुपहिले पूजाआजा गर्नुभएको छ ।

चिततवनको अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्ने तयारी गत वर्षदेखि नै प्रधानमन्त्री ओलीको थियो । तयार पारिएका मूर्ति रथ यात्रा गरेर आज चितवन पठाइएको छ ।

पधानमन्त्री ओलीले रामको जन्मभूमि चितवनको अयोध्या भएको दाबी गर्दै आउनुभएको छ । अयोध्यामा राम मन्दिर बनाउने पनि सरकारको तयारी रहेको छ । प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा मूर्ति बनाएको बताउँदै आउनुभएको छ ।