खेलकुद

आईपीएल : चेन्नईको दोस्रो जित, राजस्थानको दोस्रो हार


काठमाडौँ – इण्डियन प्रिमियर लिग ९आइपीएल० अन्तर्गत सोमवार राति सम्पन्न खेलमा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खडे स्टेडियममा सम्पन्न खेलमा चेन्नईले राजस्थानमाथि ४५ रनको जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रनमा समेट्दै
चेन्नेई सुपर किंग्सले दोस्रो जित निकालेको हो ।

चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ३३ रन जोडे । यस्तै अम्बाती रायडुले २७ रन बनाउँदा मोइन अलीले २६ रन बनाए ।
यस्तैड्वायन ब्राभोले अविजित २० रन बनाए । चेन्नेईका कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैना समान १८(१८ रन बनाए भने साम कुरन १३ रन तथा रुतुराज १० रनको योगदान गरे ।

राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ४९ रन बनाए भने शिभंम दुबेले १७ तथा मनन बोहराले १४ रनको योगदान गरे ।

बलिङमा चेन्नईका मोयन अलीले तीन विकेट लिए भने साम कुरान र रविन्द्र जडेजाले दुई दुई विकेट हात पारे ।

जारी सिजनमा तीन खेल खेलेको चेन्नईको यो दास्रो जित हो भने समान खेल खेलेको राजस्थानको यो दोस्रो हार हो ।