खेलकुद

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा आज नेपालले नेदरल्याण्डसँग खेल्दै


काठमाडौँ – नेपालमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिडदैछन् । सिरिजको चौथो खेलमा नेपालले नेदरल्यान्ड्स दोस्रो पटक खेल्न लागको हो । आजको खेलटियू क्रिकेट मैदानमा दिउँसो १ः१५ बजे सुरु हुनेछ

सिरिजमा दुई खेल खेलेको नेपालले दबै खेलमा जित निकालेको छ । नेपालले सिरिजमा रहभागि अरु दुई देश नेदरल्याण्डस् र मलेसियालाई पराजित गरेको हो । दुवै खेल जितेको नेपालले ४ अंक बटुलेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै समान खेल खेलेको नेदरल्यान्ड्सले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । मलेसिया भने दुबै खेलमा पराजित भएको छ । त्यसैले नेपालको फाइनलमा पुग्न सम्भावना अरु दुईटिमको भन्दा धेरै छ ।

यसैबीचसिरिजमा दर्शकलाई प्रवेश निषेध गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै सिरिजका बाँकी खेलमा दर्शकलाई निषेध गरिएको जनाएको छ ।

नेपालमा बढ्दो कोरोना भाइरस महामारीलाई मध्य नजर गर्दै नेपाल सरकारको सोमबार बसेको मन्त्री परिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्ययक्तिहरु भेला नहुन आदेश जारी गरेको थियो ।

बैठकले दर्शक सहितको खेलकुद गतिविधि संचालन गर्न नपाउने आदेश दिएपछि क्यानले टियु क्रिकेट मैदानमा जारी सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरेको हो ।