राजनीति

माधव नेपाल र प्रचण्डविरुद्ध प्रधानमन्त्री ओली आक्रोशित


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध आक्रोश पोख्नुभएको छ । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालले कर्णाली प्रदेशमा आफ्नै पार्टीविरुद्ध बेइमानी गरेर अक्षम्य अपराध गरेको बताउनुभयो ।

बालुवाटारमा आयोजित पार्टीको महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालको आलोचना गर्नुभएको हो । यस्तै ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाविरुद्ध दुष्प्रचार गरेको आरोप लगाउनुभयो ।