खेलकुद

मलेसियाविरुद्ध नेपालको शानदार जित


काठमाडौँ – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

आज टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाहुना टोली मलेसियालाई ९ विकेटले पराजित गरेको हो । जितका लागि ११० रनको लक्ष्य पछ्याएको नेपालले १२.१ ओभरमा १ विकेट गुमाउँदै ११३ रन बनायो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । शनिबार भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।