कोरोना विशेष

फेरि बढ्न थाले कोरोना संक्रमित, एकैदिन १२८१ जनामा कोरोना पुष्टि

८ कोरोना संक्रमितको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा थप १ हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआर विधिबाट एक हजार २२७ जना र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ ।
यस्तै, काठमाडौँ उपत्यकामा मात्र ६३४ जना छन् । ती मध्ये भक्तपुरमा ३२, ललितपुरमा ९७ र काठमाडौँमा ५०५ जना छन् । पछिल्लो २४ घण्टामा २५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७५ हजार ५५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ९१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।