समाज

कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक


काठमाडौँ – राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ । ज्ञानेन्द्रका पिता रामकृष्ण मल्लको बिहीबार विहान निधन भएको हो ।

उनको ७८ वर्षको उमेरमा काठमाडौँको भिमसेनस्थानस्थित निवासमा निधन भएको हो ।

मल्ल एक सातादेखि अस्वस्थ भएका थिए । उनको अन्तिम संस्कार बिहीबार नै टेकुमा भएको छ । अन्तिम संस्कारमा पूर्वकप्तान तथा राष्ट्रिय टिमका अलराउन्डर पारस खड्का र नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य छुम्बी लामा पनि सहभागी भएका थिए।