कोरोना विशेष

संक्रमण हुन नदिन निषेधाज्ञासँगै के गरिन आवश्यक छ त ?


काठमाडौँ – निषेधाज्ञा सुरु गरिएपछि कोरोना संक्रमण कम हुने अपेक्षा गरिएको छ । तर गत वर्ष पनि लकडाउनकै समयमा कोरोना फैलिएकाले यस पटक कोरोनाको नयाँ भेयिन्ट फैलन नदिन निषेधाज्ञासंगै के गरिन आवश्यक छ त ?

कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिए पछि अस्पतालमा बेड समेत पाउन मुस्कील बनेको छ । संक्रमण फैलिए अवस्था नियन्त्रण बाहिर प्रक्षेपणसहित सरकारले निषेधाज्ञा सुरु गरेको हो । अहिले आएको नयाँ भेरियन्टको कोरोना भाइरस यसअघिको कोरोना संक्रमण भन्दा खतरा रहेको विभिन्न अनुसन्धानले देखाएकोले सरकारले पनि उच्च सतर्कता अपनाएको हो ।

अक्सर मानिसलाई कोरोनाबाट बच्ने उपायसंग बानी परिसकेको छ । तर कतिपयले थाहा पाई पाई पनि हेलचेक्र्याइँ गर्ने गरेका छन् । यस्तो अवस्थामा जनस्वास्थ्य मापदण्ड अपनाउनुको अर्काे विकल्प नभएको विज्ञहरुको सुझाव छ । राज्यले पनि कोरोना खोप लगाउने अभियानलाई रोक्न नहुने बरु यस्तो अवस्थामा टोल टोलमा पुगेर खोप अभियानलाई जारी राख्नु पर्ने उनीहरुको सुझाव छ ।

स्वास्थ्य सुरक्षा अपनाउँदा र सामाजिक दूरी कायम गर्दा अरुलाई संक्रमण जोखिम कम हुने चिकित्सकको सल्लाहलाई सर्वसाधारणले अटेर गर्नाले स्थिती थप नाजुक बन्दै गएको छ । कतिपय रोगहरु स्वयम आत्मबल दह्रो बनाएर र खानपानमा विशेष ध्यान पुर्याउँदा पनि लाभ हुने भएकाले त्यसतफृ सचेत रहन चिकित्सकहरुको सल्लाह छ ।

सुरक्षाका उपाय नअपनाउँदा र सचेत नरहँदा जोसुकैलाई पनि कोरोना संक्रमण हुनसक्छ । त्यसैले कोरोना संक्रमणको दर कम गर्न सरकारले तोकेका मापदण्ड तथा आदेश पूर्ण रुपमा पालना गर्नु अपरिहार्य छ ।