राजनीति

धार्मिक तथा सांस्कृतिक स्थलहरुमा भिडभाड नगरौँ : प्रमुख शाक्य


काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यका भित्रको धार्मिक तथा सांस्कृतिक स्थलहरुमा भिडभाड नगर्न महानगरबासिलाई अपिल गर्नुभएको छ ।

महानगरपालिका बासिलाई अपिल गर्दै प्रमुख शाक्यले कोरोना संक्रमणको दोस्रो लहर द्रुत गतिमा फैलन सक्ने भन्दै सरकारले जारी गरेको सुचनालाई आधार मानि स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

उहाँले काठमाडौं महानरपालिका देशको प्रमुख सांस्कृतिक शहर भएका कारण धार्मिक स्थलमा भिडभाड हुँदा संक्रमण फैलिने भएकाले ति स्थानहरुमा भिडभाड नगरीदिन अनुरोध गर्नुभएको छ । प्रमुख शाक्यले विरामीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा चाहिएमा १०२ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।।