देश

आज देशभर भिटामिन ए र जुकाको औषधि खुवाउँदै


काठमाडौँ – सरकारले आज देशभर बालबालिका लक्षित भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने छ । एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने छ । आज छुटेकालाई भोलि खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले अभिभावकहरूलाई आग्रह गरेको छ । सरकारले हरेक वर्ष बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउदै आएको छ । यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । वितरण केन्द्रमा भिडभाड नगर्न, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, साबुन पानीले पटक–पटक हात धुन वा सेनिटाइजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।